back
CTIZAN AD

आचारसंहिता उल्लङ्घन गर्ने छ उम्मेदवारसँग स्पष्टीकरण माग

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

1.1K 

shares

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोग स्रोतका अनुसार गएराति आयोगको टोलीले गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएका उम्मेदवारहरू कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगर वडा नम्बर १६ का रहेका छन् ।स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर, शिव शरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत रहेका छन् ।

राजमान महर्जन कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हुन् । शिव शरण महर्जन माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार हुन् । त्यसैगरी मीन बहादुर मानन्धर काठमाडौँ महानगरपालिका–१६ बाट नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार हुन् ।

पशुपति कठायत, सम शाक्य पनि कामपा १६ का स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै रोजिना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगर पालिका वडा नम्बर १६ का उम्मेदवार हुन् ।

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १४:५६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...