काठमाडौँ । रामेछापको सिमलडाँडा भिरमा भएको दुर्घटनामा गोकुलगंगा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ ।
काठमाडौँबाट बेतालीतर्फ गइरहेको फोर्स गाडी शुक्रबार दिउँसो गोकुलगंगा वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । घाइतेलाई मन्थली अस्पताल र तामाकोसी अस्पतालमा उपचारका लागि लगि सकिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताए । वडाध्यक्ष बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:३९ मा प्रकाशित






























