back
CTIZAN AD

सन्तोष तिवारीद्वारा जन्म दिनमा न्यानो कपडा वितरण

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

1.1K 

shares

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-२ मगरघट्टा निवासी सन्तोष तिवारीले विद्यार्थीसँग जन्मदिन मनाएका छन् । गाउँपालिकाको वडा नम्बर २ मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकासका विद्यार्थीसँग तिवारीले उत्प्रेरणामूलक काम गरेर जन्मदिन मनाएका हुन् ।

तिवारीले बिहीबार जन्मदिनको अवसरमा नेपाल तारा माविको बाल विकासमा अध्ययनरत २५ जना विद्यार्थीलाई हुड ज्याकेट सहयोग गरेका छन् । ‘केक काटेर खर्च गर्ने, पार्टी प्यालेसमा खानपिन गर्ने लगायत ठाउँ अनावश्यक रूपमा हुने फजुल खर्च गर्नु भन्दा रकमलाई सदुपयोग गरी सामाजिक उत्तरदायित्वको काममा लगाउनु राम्रो हो’, उनले भने, ‘आफ्नो विशेष दिनलाई सबै युवाहरूले सामाजिक हितका दिनका रूपमा मनाउनुपर्छ भनेर मैले बालबालिका लागि न्यानो कपडा वितरण गरेको हुँ ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ प्रसाद चाईले न्यानो लुगा वितरण गरेकोमा धन्यवाद दिँदै तिवारीलाई जन्मदिनको शुभकामना दिए ।

यस्तै विद्यालयका प्रधानाध्यापक देव कुमार मौर्यले फजुल खर्चलाई काटेर यो चिसो मौसममा जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराई सराहनीय कार्य भएको भन्दै उक्त कार्यको प्रशंसा गरे ।

उनले तिवारीलाई शुभकामना तथा धन्यवाद व्यक्त गर्दै जन्मदिन मनाउने तरिका यस्तै नौलो हुनुपर्ने र फजुल खर्चको सदुपयोग हुने गरी उचित ठाउँ र प्रेरणा–हौसला दिने कार्यमा सरिक हुनुपर्नेमा जोड दिए । न्यानो लुगा पाएपछि बाल विकासका विद्यार्थीहरू खुसी भएका छन् ।

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:१६ मा प्रकाशित

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...