back
CTIZAN AD

दोलखाको गौरीशंकरमा कति मत खस्यो ?

वि.सं.२०८१ मंसिर १६ आइतवार

693 

shares

दोलखा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा मतदान जारी छ । गौरीशंकमा हालसम्म २८ सय ८६ मत खसेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

गौरीशंकरमा उपाध्यक्ष पदका लागि ९ वटा वडाका १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त जिल्ला निर्वाचन अधिकारी विशाल केसीले जानकारी दिए ।

पन्ध्र हजार सात सय १८ मतदाता रहेको गौरीशंकरमा बिहानैदेखि मतदाता मतदान केन्द्रमा धाइरहेका छन् । गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए ।

उनको गतवर्ष निधन भएपछि आज उक्त पदमा नयाँ उपाध्यक्ष नियुक्तिको लागि मतदान भैरहेको हो। निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। बिहान ७ बजेदेखि ९ वटै वडाको २१ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भैरहेको केसीले बताए।

वि.सं.२०८१ मंसिर १६ आइतवार ११:५० मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...