back

आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

वि.सं.२०८१ मंसिर १६ आइतवार

297 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छन् ।

आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमकाबीच उहाँले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ ।

गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेका छन् । आयुमी दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेकी थिइन ।

सङ्गीतमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन् । उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका थिए भने बाजे लोकबहादुर तामाङ लोकगायक थिए ।

आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित छन् । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताए ।

वि.सं.२०८१ मंसिर १६ आइतवार १२:०१ मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...