back

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

वि.सं.२०८१ मंसिर १७ सोमवार

1.3K 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेस विजयी भएको छ । निकटतम प्रतिद्धोन्दी माओवादी केन्द्रसँग काँग्रेसले झिनो मतान्तरले जित हासिल गरेको हो ।

यहाँ आइतबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार काँग्रेस उम्मेदवार कृष्णमान डङ्गोल विजयी भएका हुन् । उनी पाँच हजार पाँच सय छ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले पाँच हजार पाँच ६७ मत प्राप्त गरे । काँग्रेस र माओवादीबिचको मतान्तर चार सय ३६ रहेको छ ।

यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो हुन पुगे । सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले चार हजार तीन सय २६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहे । उनले दुई हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ काँग्रेसले नै जितेको थियो ।

वि.सं.२०८१ मंसिर १७ सोमवार २१:५६ मा प्रकाशित

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २०...