back
CTIZAN AD

आफ्नै छोरी तीन वर्षसम्म दराजमा थुन्ने आमालाई जेल

वि.सं.२०८१ मंसिर १८ मंगलवार

3.8K 

shares

लन्डन । जन्मेलगत्तै तीन वर्षसम्म आफ्नी छोरीलाई दराजमा थुनेर राख्ने एक आमालाई बेलायतमा जेल सजाय दिइएको छ । महिलालाई साढे ७ वर्षको जेल सजाय सुनाइएको हो । अदालतले यसलाई ‘अत्यधिक लापरबाही’ भनेको छ । बालिकाले कहिल्यै उज्यालो नदेखेकी, ताजा हावामा सास समेत फेर्न नपाएकी उनको वकिलले भनेका छन् ।

घरमा पाहुना आउँदा बालिका रोएको सुनेपछि मात्र बालिकाको बारेमा थाहा भएको थियो । बालिकाको सुरक्षाका लागि उनी र उनको परिवारका सदस्य कसैको पनि परिचय खुलाइएको छैन । यो मुद्दाको विषयमा चेस्टर क्राउन कोर्टमा सुनुवाइ भएको थियो । अदालतले ती आमालाई सजाय दिएको छ । यस क्रममा बालिकाकी आमाले बालिकाप्रति निर्ममताको चारवटा आरोप पनि स्वीकार गरेकी थिइन् ।

महिलाले आफ्नी छोरीलाई हरेक खालको स्नेह र हेरचाहबाट वञ्चित गरेको न्यायाधीश स्टीभन एभरेटले भनेका छन् । महिलाले पर्याप्त खाना खान नदिएको, पर्याप्त स्वास्थ्य सेवा नदिएको पनि भनिएको छ । बालिका त्यो कोठामा जिउँदो लाशजस्तै भएर बाँच्न बाध्य पारिएको पनि बताइएको छ ।

बालिकाको अस्तित्व उनको भाइ बहिनीबाट समेत लुकाएर राखिएको अदालतले बताएको छ । आमाले यस बालिकाको जन्मको खबर आफ्नो पार्टनरबाट समेत लुकाएर राखेकी थिइन् । बालिका भेटिए पछि उनलाई नामै लिएर बोलाउँदा पनि कुनै प्रतिक्रिया दिन नसकेको क्राउन प्रोसिक्युसन सर्भिसका रेचेल वर्थिङ्टनले भनेकी छिन् । बालिका गम्भीर कुपोषित भएको अदालतलाई बताइएको थियो ।

तीन वर्षकी भएपनि बालिका सात महिनाको जत्रो मात्रै देखिन्थिन् । उनी यति कमजोर थिइन् कि उनलाई दूध मिसाएर खानेकुरा खुवाइन्थ्यो । बालिकालाई बोल्न गाह्रो हुनुका साथै अन्य कयौँ समस्याहरू पनि थिए । तर यसको उपचार ती बालिकाको आमाले गराइनन् । बालिकासँग यो अपराध सन् २०२० को सुरुदेखि नै हुँदै आएको थियो । यो क्रम २०२३ को सुरुवातसम्म जारी रह्यो ।

आफू गर्भवती भएको थाहा नभएको र बच्चा जन्माउँदा निकै डराएको महिलाले प्रहरीलाई भनेकी छिन् । बालिका उनको परिवारको हिस्सा नभएको पनि महिलाले प्रहरीलाई बताएकी थिइन् । एजेन्सीको सहयोगमा

 

वि.सं.२०८१ मंसिर १८ मंगलवार १७:०२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...