back
CTIZAN AD

सुन्तलाले बजार नपाउँदा किसानलााई समस्या

वि.सं.२०८१ मंसिर २० बिहीवार

792 

shares

मन्थली (रामेछाप) । यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए ।

आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताए ।

अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको बताउँछन् । “विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला रु एक सयमा बिक्री वितरण हुने गरेको थियो, यस वर्ष भने प्रतिकेजी रु ७५/८० मै दिनुपर्ने बाध्यता छ । के गर्नु उत्पादन गरे पनि बजार नभएपछि ।”

मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन् । यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन् । यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउछ ।

यसवर्ष यस वडाबाट करिब रु दुई करोडको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गरे ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यस पालिकामा रहेका सुन्तला व्यवसायीलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र भिटामिन छर्न अनुदान सहयोग गरेको थियो । बजारीकरणका लागि भने स्थानीय तह र अन्य निकायबाट पनि सहयोग नपाइएको स्थानीय कृषकको गुनासो छ । “हामीले वर्षभरि मेहनत गरेर उत्पादन गर्छौँ, त्यसको प्रतिफल पनि राम्रै छ तर बजार नभएकाले लागतअनुसार मूल्य पाएनौँ । यसरी त सधैँ व्यवसाय हुँदैन । त्यसैले सरकारले नै हामीलाई सहयोग गर्न आवश्यक छ”, स्थानीय किसानको भनाइ छ । रासस

वि.सं.२०८१ मंसिर २० बिहीवार ०८:३५ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...