back
CTIZAN AD

युक्रेनमा रुसी तनाव बढाएकामा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना

वि.सं.२०८१ मंसिर २० बिहीवार

528 

shares

ता’काली (माल्टा) । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेबार रहेको बताउनुभएको छ ।

युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा भाग लिन यी दुई नेता माल्टामा हुनुहुन्थ्यो । लाभरोभको सन् २०२२ मा रुसको आक्रमणपछि युरोपेली सङ्घको देशमा पहिलो भ्रमण थियो ।

“अब मलाई खेद छ कि हाम्रा सहकर्मी श्री लाभरोभ कोठा छोडेर जानुभएको छ, हामीले उनलार्ई सुन्दा उनले हामीलाई सुन्ने शिष्टाचार दिए । र निस्सन्देह, हाम्रो रूसी सहकर्मी गलत सूचनाको सुनामीले श्रोताहरूलाई डुबाउन धेरै निपुण हुनुहुन्छ”, ब्लिन्केनले भने, “तर हामी आफैँलाई मूर्ख नबनाऔँ र उनलार्ई वा अरू कसैलाई पनि हामीलाई मूर्ख बनाउन नदिनुहोस् । यो रुसको सुरक्षाका बारेमा होइन र कहिल्यै पनि भएको छैन । यो युक्रेनलाई नक्साबाट मेटाउने श्री पुटिनको साम्राज्य परियोजनाका बारेमा हो, हाम्रा एकजना सहकर्मीले तनाव वृद्धिको बारेमा कुरा गरे । उनी ठ्याक्कै सही छन् । तनाव वृद्धिका बारेमा कुरा गरौँ ।”

ब्लिेन्केनले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न सैनिक पठाएको तथ्यलाई सन्दर्भ दिए । साथै उनले ‘युक्रेनको ऊर्जा लगायत त्यसको आणविक प्रसारण समूहमा जारी आक्रमणले यस कोठामा रहेका हरेक देशलाई ठूलो खतरा खडा गर्छ’ भने ।

ब्लिन्केन र लाभरोभको माल्टामा आमनेसामने भेट हुने योजना थिएन ।(रासस/एएफपी) 

 

वि.सं.२०८१ मंसिर २० बिहीवार १९:३९ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...