back
CTIZAN AD

इस्लामवादी नेतृत्वको विद्रोहीद्वारा सिरियाको प्रमुख सहर हामा कब्जा

वि.सं.२०८१ मंसिर २० बिहीवार

1.1K 

shares

बेरुत । राष्ट्रपति बशर अल–असदप्रति वफादार फौजलाई जबर्जस्त आक्रमणमा अलेप्पो कब्जा गरेको केही दिनपछि इस्लामवादी–नेतृत्वको विद्रोही बलले बिहीबार केन्द्रीय सिरियाली सहर हामालाई कब्जा गरेको छ ।

इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा विद्रोहीहरूले सहरमा आक्रमण गरे र भीषण लडाइँपछि यसको जेल कब्जा गरेको र कैदीहरूलाई रिहा गरेको दाबी गरेका छन् ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मोनिटरका अनुसार रातभरको हिंसात्मक झडपपछि विद्रोहीहरू ‘धेरै पक्षबाट’ हामामा प्रवेश गरे र असदको सेनासँग सडकमा लडाइँमा संलग्न भए ।

बिहीबार दिउँसो सिरियाको सेनाले राजधानी र शक्ति केन्द्र दमास्कसको रक्षा गर्ने प्रयासमा महत्त्वपूर्ण मानिएको रणनीतिक रूपमा अवस्थित सहरको नियन्त्रण गुमाएको स्वीकार गरेको थियो ।

“पछिल्ला केही घन्टामा हाम्रा सैनिकहरू र आतङ्कवादी समूहहरू बीचको भिडन्त तीव्र भएपछि… यी समूहहरू सहरमा धेरै अक्षहरू तोड्न सक्षम भए र त्यहाँ प्रवेश गरे”, सहरबाहिर युनिटहरू पुनः तैनाथ गरिएको उल्लेख गर्दै सेनाले भन्यो ।

सिरियाली र रूसी हवाई फौजले गरेको गोलाबारी र आक्रमणका बावजुद हामाको पतन भएको राज्य मिडियाले बुधबार ढिलो रिपोर्ट गरेको छ ।

– विद्रोही नेताद्वारा गढको भ्रमण –

सिरियाका स्रोतहरूको नेटवर्कमा भर पर्ने अब्जर्भेटरीले गत हप्ता हिंसा भड्किएपछि सिरियामा ७२७ जना मानिस मारिएको बताएको छ । यसमा अधिकांश लडाकू तर १११ जना सर्वसाधारण पनि छन् ।

सन् २०११ मा लोकतन्त्र समर्थक प्रदर्शनको दमनसँगै सुरु भएको गृहयुद्धले पहिले नै ध्वस्त भएको देशमा सन् २०२० पछि यो सबैभन्दा तीव्र लडाइँ हो ।

विद्रोहीहरूको सफलताको महत्त्वपूर्ण कारक पछिल्लो हप्ता शुरू भएको आक्रमणमा अलेप्पो कब्जा गर्नु थियो । यो सहर दशकौँंदेखिको युद्धमा सरकारी हातबाट पूर्ण रूपमा कहिल्यै बाहिर गएको थिएन ।

एचटिएसका प्रमुख अबु मोहम्मद अल–जोलानीले बुधबार अलेप्पोको ऐतिहासिक गढको भ्रमण गरेका थिए ।

विद्रोहीको टेलिग्राम च्यानलमा पोस्ट गरिएका तस्बिरहरूमा जोलानीले ऐतिहासिक किल्लाको भ्रमण गर्दा खुला कारबाट समर्थकहरूलाई हात मिलाउँदै गरेको देखिएका थिए ।

अगाडि बढिरहेका विद्रोहीहरूले आफ्नो आक्रमणको सुरुमा थोरै प्रतिरोध पाएका भए पनि हामा वरपरको लडाइँ विशेष गरी भीषण भएको थियो ।

राज्य समाचार एजेन्सी सानाका अनुसार असदले प्रतिवेदनबमोजिम सैनिकहरूको तलब ५० प्रतिशतले बढाए । यसले उनका बलहरूलाई प्रतिआक्रमणका लागि बलियो बनाउन खोजिरहेको छ ।

अब्जर्भेटरीका अनुसार सरकारले ‘ठूलो सैन्य काफिला’ पठाए पनि सिरियाली सशस्त्र सेनालाई विद्रोहीहरूले पछाडि धकेलिदिएका थिए ।

निगरानी समूहका अनुसार बुधबारको लडाइँ त्यस्तो क्षेत्रको निकट थियो जहाँ मुख्य रूपमा अलावीहरू बस्छन । उनीहरू राष्ट्रपति समान शिया इस्लामको शाखाका अनुयायी हुन् ।(रासस/एएफपी)

 

वि.सं.२०८१ मंसिर २० बिहीवार १९:२८ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...