
काठमाडौं । आज आइतवार साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । आज आइतवार चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार आठ सय ९० रुपैँयामा कारोबार भएको थियो ।
वि.सं.२०८१ मंसिर २३ आइतवार ११:४८ मा प्रकाशित