back
CTIZAN AD

ॠषि ढकाल पुनः महाबाणिज्यदूत नियुक्त

वि.सं.२०७४ जेठ १२ शुक्रवार

639 

shares

rishi-dhakalक्यालिफोर्निया राज्यमा लामो समय देखी बसोबास गर्दै आएका ब्यबसायी एब सामाजिक ब्यक्तित्व ॠषि ढकाल सानडियोगो क्षेत्रको लागि महावाणिज्यदूतमा नियुक्त गरिएका छन् । यघि पनि सोही जिम्मेवारी सम्हालेका ढकाललाई हालै बसेको मन्त्रीपरिषदको बैठकले पुन चार बर्षको लागि महाबाणिज्य दुतमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।  वाणिज्यदुतको रुपमा ढकालले यसअघि पाएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्बाह गर्दै प्रबासी अमेरिकन नेपाली समाजलाई पुर्याएको योगदानको कदरस्वरुप उनलाई पुनः सोही जिम्मेवारी दिइएको हो ।

क्यालिफोर्नियाको लसएन्जलसमा परिवार सहित बसोबास गरिरहेका ढकाल छोटो समयमा अमेरिकन नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल ब्यक्ती हुन । गार्मेन्टलगायतका बिभिन्न नेपाली सामाग्रीहरु अमेरिकन बजारमा निकासी गरेर नेपालको निर्यात ब्यापारलाई ठुलो सहयोग गरेका ढकाल बिभिन्न सघसस्थामा पनि उत्तिनै सहभागी र सहयोगीको रुपमा कृयाशिल छन ।

लसएन्जलसमा रहेका पशुपतीनाथ फाउण्डेसनको उपाध्यक्ष, एनआरएन अमेरिकाको सल्लाहाकार लगायत दर्जनौ सस्थाहरुमा आबद्द रहेर नेपाली समाजमा उल्लेखनिय योगदान गरेका ढकाल आँफैमा सरल र साधारण ब्यक्तीको रुपमा प्रस्तुत हुन रुचाउछन्। बाणिज्यदुतको रुप रहँदा उनले लसएन्जलसमा रहेका थुप्रै सिटी काउन्सिलहरुसँग नेपालीहरुको सम्बन्ध बिस्तार गर्न, नेपालको पर्यटनलाई टेवा दिन एब अमेरिकामा नेपाली बस्तुहरुको भन्सार छुटको लागि लबिङ गरेका थिए ।

नेपाल सरकारले महाबाणिज्यदुतको जिम्मेवारी पुन दिएकोमा आफुलाई आफ्नो कामको मुल्याकन गरिएकोमा अत्यन्त खुशी लागेको बताउदै ढकालले नयाँ जिम्मेवारीलाई अझ उत्साहजनक र चुनौतीको रुपमा लिदै अमेरिकन नेपाली समाजलाई बलियो बनाउन निरन्तर लाग्ने बिचार ब्यक्त गरे।

वि.सं.२०७४ जेठ १२ शुक्रवार ०३:२१ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...