back
CTIZAN AD

रूसबाट जफत गरेको २० अर्ब डलर सम्पत्ति युक्रेनलाई दिइने

वि.सं.२०८१ मंसिर २६ बुधवार

1K 

shares

काठमाडौँ । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सघाउने भएको छ । बीबीसीका अनुसार यो कोष अमेरिकाले रूसबाट जफत गरेको सम्पत्तिबाट दिन लागेको हो । यो आर्थिक सहायता ५० अरब डलर प्याकेजको एक भाग हो जसको घोषणा जी७ समूहका सदस्य देशहरूले जुनमा गरेका थिए ।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले भनिन्, ‘जफत गरिएका सम्पत्तिबाट आर्थिक सहायता दिनुको मतलब रसियाले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने हो ।’ अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहींबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने उनले मंगलबार जानकारी दिइन् ।

अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले राष्ट्रपति कार्यभार सम्हाल्ने बित्तिकै रसिया–युक्रेन युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यही अवस्थामा अमेरिकाले यो घोषणा गरेको हो ।

ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई ‘अमेरिकी स्रोतमा बोझ’ भनेर टिप्पणी गरेका थिए। ट्रम्पको यस बयानपछि नयाँ प्रशासनमा युक्रेनलाई आर्थिक सहायता जारी रहन्छ कि रहँदैन भन्नेबारे शंका उत्पन्न भएको थियो ।

वि.सं.२०८१ मंसिर २६ बुधवार १२:२४ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...