back
CTIZAN AD

विप्लवका टिआर खम्बुसहितका नेता माओवादी केन्द्रमा प्रवेश

वि.सं.२०७४ जेठ १२ शुक्रवार

1.1K 

shares

biplab-maobadi-enter-in-maoist-center
१२ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘नेतृत्व’को नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेताहरु विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
एक कार्यक्रमका बीच नेता टिआर खम्बु, नयाँ शक्तिका नेताहरु डा. चेतकुमारी गुरुङ, डा. चन्द्र लक्जम्बा लगायतका केन्द्रीय नेता प्रवेश गर्नुभएको हो । प्रवेश गर्ने अन्य नेताहरुमा नेकपाका केन्द्रीय नेताहरु बिरेन्द्र राई, प्रकाश राई, धिरज राई, बहुदलकाजी राई, केशर थुलुङ, लक्ष्मीबहादुर बस्नेत, बिनोद सुब्बा, जीवन सुनुवार, आशिष पौडेल, देवेन्द्र कार्की, प्रदिप बस्नेत, संघीय समाजवादी फोरमका नेताहरु दीपक झा, खबिराज राई, खम्बुवान् राष्ट्रिय मोर्चाका नेताहरु राज्य राई, गोरख राई, गणेश भण्डारी, अनिता तामाङ, सागर दराई, सन्देश राई, अमन राना, मनिषा सुनुवार, बिशाल दराई, मोहन राई, सागर राई, अरुण राई, मोनिका राई, देवेन्द्र खवास, मनिषा श्रेष्ठ, इन्द्र सुनुवार रहनुभएको छ ।
माओवादी केन्द्र प्रवेश गर्दै नेता लिम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादमा पुग्ने बताउनुभयो । पार्टी प्रवेश गर्दै नयाँ शक्तिका नेता डा. लक्जम्बा र डा. गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।
नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।’

वि.सं.२०७४ जेठ १२ शुक्रवार ०४:३४ मा प्रकाशित

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

काठमाडौँ । नयाँ वर्षको दिन सिरहाको लहानमा अवस्थित लोकनायक सलहेश...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र...

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका...

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

सुरुङ्गा (झापा) । यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट...

झापाका दुई उद्योगमा आगलागी

झापाका दुई उद्योगमा आगलागी

सुरुङ्गा (झापा) । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा...

यस्तो बन्दैछ ‘पोखरा घर’

यस्तो बन्दैछ ‘पोखरा घर’

गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम...