back
CTIZAN AD

रु चालिस करोड मुआब्जा वितरण

वि.सं.२०७४ जेठ १२ शुक्रवार

1.3K 

shares

 

१२ जेठ,काठमाडौँ । तनहुँ सेती जलविद्युत् जलविद्युत् आयोजनाले हालसम्म रु ४० करोड २४ लाख मुआब्जा वितरण गरेको छ ।

आगामी मङ्सिरदेखि निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्यका साथ आयोजनाले मुआब्जा वितरणको प्रक्रियालाई अगाडि बढाएको हो । चालु आवको बजेट वक्तव्यमा सो आयोजनाको प्रभावितका लागि रु ४२ करोड मुआब्जा वितरण गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको कुल एक हजार २०० रोपनीमध्ये हालसम्म पचास प्रतिशतभन्दा बढीलाई मुआब्जा वितरण गरिएको आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले राससलाई जानकारी दिनुभयो । मुआब्जा बाँड्ने क्रममा रकम अपुग भएका खण्डमा थप बजेट विनियोजन गरेर भए पनि निर्माण अगाडि बढाइने आयोजनाले जनाएको छ ।

आयोजनाले घरजग्गाको मात्रै नभई घर टहरा, गोठ, फलफूल, तथा अन्य भौतिक संरचनाको समेत मुआब्जा एवम् क्षतिपूर्ति वितरण गर्दै आएको छ । यस्तै आयोजनाको पहुँच मार्ग निर्माण तथा कालोपत्र गर्ने कार्य पनि सँगसँगै अगाडि बढेको छ ।

तनहुँको पृथ्वी राजमार्गको बेनीटारदेखि करिब दुई किमी सडक कालोपत्र भएको, आयोजना निर्माणको प्रक्रिया अगाडि बढाउने महत्वपूर्ण आधारका रुपमा रहेको ठेक्का प्रक्रियासमेत अन्तिम चरणमा पुगेको तथा प्याकेज एकअन्तर्गतको ठेक्का प्रक्रियाको मूल्याङ्कन भइरहेको गौतमले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ जेठ १२ शुक्रवार ०४:४६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...