back
CTIZAN AD

घुस लिँदालिँदै शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

वि.सं.२०७४ जेठ १२ शुक्रवार

1.2K 

shares

 

१२ जेठ, पर्सा। भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट आज अपराह्न घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट आएको टोलीले जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झालाई रङ्गेहात पक्राउ गरेको हो ।
पर्साको श्री नेरा प्रावि मैरनपुर, पर्साको तीनतले भवन निर्माणको बिल फछ्र्यौट गरेबापत जिसिअ तिवारीले रु ५० हजार र इन्जिनियर झाले रु २० हजार नगद लिएपछि घुस रकमसहित पक्राउ गरिएको अख्तियार टोलीले जनाएको छ ।
नेरा प्रावि मैनपुरको तीनकोठे भवन निर्माणको रु १९ लाख ५० हजारको बिल भर्पाई फछ्र्यौट गरेबापत जिसिअ तिवारी र इन्जिनियर झाले रकम माग गरेको पूर्वसूचनाका आधारमा छापा मारी घुस रकम बरामद गरिएको अख्तियार टोलीले बताएको छ ।
बरामद गरिएको घुस रकमको बरामदी मुचुल्का गरी जिसिअ तिवारी र इन्जिनियर झालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका अधिकारीले बताएका छन् । पक्राउ परेका दुवै अधिकारीलाई आवश्यक कारबाहीका लागि आजै काठमाडौँ लैजाने आयोगले जानकारी दिएको छ । रासस

वि.सं.२०७४ जेठ १२ शुक्रवार ०४:४९ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...