back

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

156 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि एक सय २९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २८ रनको योगफल बनाएको हो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।

ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल तीन रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा आठ रनमा आउट भए । कप्तान सोमपाल कामीले सात रन जोडे ।

लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका विकास आग्रीले तीन विकेट लिए भने तिलक राज भण्डारीले दुई विकेट झारे । त्यसैगरी साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लए । अहिले लुम्बिनी जवाफी ब्याटिङमा उत्रेको छ ।

वि.सं.२०८१ मंसिर २८ शुक्रवार ११:५६ मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...