काठमाडौं । नामी कार एक महिनामै नेपालको सडकमा गुड्न थालेको छ । नामीले बिग ह्याच विथ फाइभ-स्टार लक्जरी, अटो मोबाइल उद्योगमै नेपाल पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरेको जनाएको छ ।
कम्पनीका अनुसार कारहरू लन्च गर्ने तरिकालाई पुनः परिभाषित गर्दै यो अनौठो डेब्यू एक स्टाइलिश र आधुनिक उदाहरण बन्यो जसलाई दर्शकहरूले पनि रुचाएका थिए । फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपीललाई दर्शाएको थियो ।
कम्पनीका अनुसार नामीले नाडा अटो शोमा ७२० वटा भन्दा बढी बुकिङहरू प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो । फ्रेमले ढोकास्, मेमोरी सिटदेखि लेभल २ ए.डी.ए.एससुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ । विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्षक विकल्प बनाएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको शृङ्खलानै सञ्चालन गर्यो । यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिन्छ । नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्दछन् ।
एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दैभने, “नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोनहरु हासिल गरेको छ । फेसन शोथिममा ऐतिहासिक सुरुवात देखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरु माझ साँच्चैनै उल्लेखनीय बनेको छ । आज नेपालको सडकमा ३०० नामी कारहरू देखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्ड प्रतिको विश्वासको प्रमाण हो ।”
कम्पनीका अनुसार नामीको सफलताका कथा आधुनिक सोच र ग्राहक केन्द्रित इनोभेसनको प्रमाण हो । ईभीको संसारमा यो प्रगति र लक्जरीको प्रतीक बनिरहेको छ ।
वि.सं.२०८१ मंसिर २८ शुक्रवार १४:४१ मा प्रकाशित