back
CTIZAN AD

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

807 

shares

बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गरेका छन् ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा संयुक्त पत्रकार सम्मेलन गरी ‘रणनीतिक वार्ता’का लागि दुई दिने भ्रमण सम्पन्न गरेका हुन् ।

“दुवै पक्ष सिरियाको वर्तमान् अवस्थाप्रति चिन्तित छन् र सिरियाको सार्वभौमिकताको सम्मान गर्न आह्वान गर्दछन्,” वाङले पत्रकारसँग भने, “आतङ्कवादी र अतिवादी शक्तिहरूलाई अराजकताको फाइदा लिनबाट रोक्न चीनले आग्रह गर्दछ ।”

अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदले इस्लामवादी हयात तहरीर अल–शाम (एचटीएस) समूह र यसका सहयोगीहरूको नेतृत्वमा आक्रामक आक्रमणपछि देश छोडेर भागेको सञ्चारमाध्यम तथा विभिन्न मानवअधिकारवादी समूहले बताएका छन् ।

असद प्रशासनको पतनले एक युगको अन्त्य गरेको छ जसमा संदिग्ध विद्रोहीहरूलाई जेलमा राखिएको थियो वा निर्मम यातना दिई हत्या गरिएको थियो ।

करिब १४ वर्षको युद्धको अन्तरालमा पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान गएको छ र लाखौं विस्थापित भएका छन् ।

“मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्न हामीले शान्ति र वार्तालाई बढावा दिनुपर्छ भन्नेमा हामी सहमत भयौं,” वाङले अब्देलाटीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने । (रासस/एएफपी)

वि.सं.२०८१ मंसिर २८ शुक्रवार १४:३९ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...