![नेपाली सेनामा विभिन्न पदका लागि ३०१ जना कर्मचारीको माग नेपाली सेनामा विभिन्न पदका लागि ३०१ जना कर्मचारीको माग](https://sansarnews.com/wp-content/uploads/2021/03/army-office.jpg)
काठमाडौँ । नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको छ ।आज सूचना जारी गरेर सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका पदिक तथा विल्लादार पदरहरूका लागि दरखास्त आह्वान गरेको हो ।
उक्त पदहरूका लागि सेनाले ३०१ जना कर्मचारी माग गरेको छ । सेनाले नर्सिङमा मात्रै ३२ जना मागेको छ । त्यस्तै सैनिक इन्जिनियरिङको उत्पादन उपसमूहका लागि ३१ जना, मेडिकल उपसमूहतर्फ २१ जना र ५ जना पण्डितसमेत माग गरेको छ।
सिभिल तथा आर्किटेक्चर इन्जिनियरिङ, कम्प्युटर प्राविधिक, हवाईतर्फ ग्राउन्ड ह्याण्डलिङ, लेखा लगायत विभिन्न उपसमूहमा पदपूर्ति गर्न सेनाले कुल ३०१ जना कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक नेपालीहरूले नेपाली सेनाको आधिकारिक वेभसाइटबाट दरखास्त दिन सक्नेछन् ।
वि.सं.२०८१ मंसिर २८ शुक्रवार १४:५२ मा प्रकाशित