back
CTIZAN AD

ईसेवा मनी ट्रान्सफरद्वारा श्री पार्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

वि.सं.२०८१ पुस ३ बुधवार

840 

shares

काठमाडौं । ईसेवा मनिट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत एक कार्यक्रम गरेको छ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका प्रतिनिधिहरूर विद्यालयका कार्यकारीहरू व्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् ।

शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

ईसेवा मनिट्रान्सफरका सिइयो कोईरालाज्युले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्याइने प्रतिबद्धता व्यक्त गरे । साथै, विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे ।
वि.सं.२०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका(९मा अवस्थित श्री पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । साथै, सी.टी.ई.भी.टी. बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन् ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेकोछ । इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत सेवा दिने यो कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गतको भगिनी संस्था हो, जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएकोछ।

वि.सं.२०८१ पुस ३ बुधवार १४:४५ मा प्रकाशित

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...