back
CTIZAN AD

दुई हजार क्विन्टल जडीबुटी निकासी

वि.सं.२०७४ जेठ १२ शुक्रवार

801 

shares

१२ जेठ, रुकुम । चालु आवको नौ महिनामा दुई हजार क्विन्टल जडीबुटी जिल्ला बाहिर निकासी भएको छ ।

साउनदेखि वैशाखसम्ममा सो परिमाणको विभिन्न प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको हो । जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालका अनुसार गत वर्ष जिल्लाबाट तीन हजार ४२८ क्विन्टल जडीबुटी निकासी भएको थियो ।

कार्यालयका अनुसार जिल्लाबाट पाखनबेद, जटामसी, पदमचाल्लो, यार्सागुम्बा, टिम्मुर, अमला, पावनको बोक्रा, धुपीसल्लाको पातलगायत जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट रु २० लाख ५५ हजार राजस्व सङ्कलन जयसवालले बताउनुभयो । जडीबुटी निकासीबाट रु तीन करोडभन्दा बढी रकम भित्रिएको छ ।

जडीबुटी उत्पादनका लागि कार्यालयले जिल्लाका विभिन्न ठाउँमा पकेटक्षेत्र घोषणा गरी किसानलाई अनुदान समेत प्रदान गर्दैआएको छ । टिम्मुरखेती, रोजमेरी, पदमचाल्लो, धूपीलगायत जडीबुटी उत्पादनका लागि अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ   ।

वि.सं.२०७४ जेठ १२ शुक्रवार ११:२४ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...