back
CTIZAN AD

नेपाल बैंकर्स सङ्घले आफ्नो ३८औँ वार्षिक साधारण सभाको अवसरमा वार्षिक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ पुस ४ बिहीवार

588 

shares

नेपाल बैंकर्स संघले आफ्नो ३८ औं वार्षिक साधारणसभाको अवसरमा वार्षिक कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका निवर्तमान अध्यक्षसुनिल के.सी.ज्यूले आफ्नो कार्यकालमा भएका मूख्य गतिविधिको जानकारी दिंदै सबैको सहयोग एवं सद्भावको लागि धन्यवाद प्रकट गरे । नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको बताउँदै त्यसको लागी नेपाल राष्ट्र बैंकले पुर्याएको महत्वपूर्ण भूमिका नेपाल राष्ट्र बैंकले खेलेको अभिभावकत्वको भूमिकाको लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा International Finance Corporation (IFC) का Regional Economist for South Asia कमलिका दासज्यूले वर्तमान विश्व अर्थव्यवस्थामा बारे जानकारी दिदै विश्व अर्थव्यवस्थामा देखिएका मुख्य चुनौतिहरु र त्यसका समाधानका उपायको बारेमा उल्लेख गर्दै आफ्नो प्रस्तुति दिए । उनले दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धि  अन्य देश भन्दा तुलनात्मक रुपमा राम्रो देखिएको बताउनुभयो, यसको लागी यो क्षेत्रमा प्रवाह हुने विप्रेषणले निजि उपभोग बढाएको र अर्थतन्त्रलाई  चलायमान बनाउन सहयोग पुर्याएको बताए ।

संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष श्री राजन सिंह भण्डारीज्यूलाई सम्मान–पत्र प्रदान गरिएको छ । भण्डारीज्यूले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अध्यक्ष, नेपाल बैंकर्स संघको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक लगायत अन्य विभिन्न ओहोदामा रही आर्थिक, मौद्रिक, बैंकिङ्ग तथा वित्तीय क्षेत्रको विकास र सुधार कार्यक्रमलाई अगाडि बढाउन र समन्वय गर्नका लागि योगदान पुर्‍याउनु भएको छ ।    

सम्मान–पत्र ग्रहण पश्चात्  भण्डारीज्यूले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै  नेपालको बैंकिंग क्षेत्रको भविष्य उज्ज्वल रहेको बताए । बैंकिंग क्षेत्रमा चुनौतीहरु भएपनि नेपालको बैंकिंग क्षेत्रले ती चुनौतिहरु समाधान गर्न सक्षम रहेको बताए । उनले अहिलेको बैंकिंग क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग उच्च भइरहेको बताउदै ऋणी  र बैंक संगसंगै साथसाथै  अगाडी बढ्नुपर्ने बताउदै नेपाल बैंकर्स संघले सम्मानित गरेकोमा विशेष आभार व्यक्त गरे ।

यसै गरी गएको एक वर्षमा बैंकिङ्ग क्षेत्रबाट बिदा हुनु भएका श्री रत्नराज बज्राचार्यज्यू र श्री किरण कुमार श्रेष्ठज्यूलाई उहाँहरूको योगदानको कदर गर्दे सम्मान पत्र प्रदान गरियो ।

सम्मान–पत्र ग्रहण पश्चात् बज्राचार्यज्यूले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपालको बैंकिग क्षेत्रलाई प्रतिस्पर्धी बनाउन  नेपाल राष्ट्र बैंकले पुर्याएको योगदान र अभिभावक्त्वको लागी धन्यवाद व्यक्त गर्दै नेपालको बैंकिंग क्षेत्रको विकासको लागी सरकारको विशेष सहयोग आवश्यक रहेको बताए ।

 त्यसै गरि सम्मान–पत्र ग्रहण पश्चात्  श्री श्रेष्ठज्यूले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै  आफुले प्राप्त गरेको सम्मानको खुशी व्यक्त गर्दै नेपाल बैंकर्स संघलाई  विशेष धन्यवाद व्यक्त गरे । उनले बैंकिंग क्षेत्रमा देखिएका समस्यालाई बैंक एक्लैले नभई समस्तक्षेत्रको  साथ सहयोग र विशेषगरी सरकार पक्ष्यले विशेष ध्यान दिनुपर्ने बताए । बैंकमा देखिएका विविध  समस्या समाधानमा नेपाल बैंकर्स संघले अनुकरणीय काम गरेको पनि उल्लेख गरे ।

त्यसैगरी वार्षिक कार्यक्रमका प्रमूख आतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्यूले सम्बोधन गर्दै नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रहरु भन्दा धेरै नै पारदर्शी रहेको बताउँदै,नेपाल राष्ट्र बैंकले ल्याउने कुनै पनि सुधारका नीतिहरु नेपालको बैंकिङ क्षेत्रलाई  अप्ठ्यारो बनाउन नभई यो क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने दिशामानै केन्द्रित हुने बताए ।

नेपालको बैंकिङ क्षेत्रमा प्रशस्त चुनौतीहरु भएपनि, ती चुनौतीहरुलाई सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको बताए । त्यसका साथै वर्तमान अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा केही असहज अवस्था भएपनि आउँदो दिनहरु राम्रो हुने बताउँदै सबै बैंकरहरुलाई निराश नभइकन सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई आग्रह गरे । साथै नेपाल बैंकर्स संघले गरेको कामहरु  प्रशंसा गर्दै आउदो दिनहरुको प्रगतिको लागी शुभकामाना व्यक्त गरे ।

कार्यक्रमको अन्तमा नेपाल बैंकर संघका नवनिर्वाचित अध्यक्ष श्री सन्तोष कोइरालाज्यूले उपस्थित सम्पूर्ण व्यक्तित्वलाई उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे । सो अवसरमा उनले नेपाल बैंकर्स संघ सबैको साथ र सहयोगको साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संघको वार्षिक कार्यक्रममा श्रीमान् गभर्नरज्यू लगायत अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरु, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

 

वि.सं.२०८१ पुस ४ बिहीवार १४:३२ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...