back
CTIZAN AD

रविको फोटो सार्वजनिक गर्नेमाथि कारवाही गर्न निर्देशन

वि.सं.२०८१ पुस ४ बिहीवार

978 

shares

काठमाडौँ । हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्विर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्बिर कसरी बाहिर आयो भन्ने प्रश्न शुरु आएकोे थियो । गृहमन्त्री लेखकले यो घटनाबारे प्रहरी महानिरीक्षक बसन्त कुँवरसँगसमेत चासो राखेका थिए । गृहमन्त्रीले भने, ‘यो घटनाबारे आवश्यक अनुसन्धान गरी कारवाही गर्न निर्देशन दिइसकेको छु ।’

सार्वजनिक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त तस्बिर रास्वपाकै समर्थकले खिचेको पाइएको छ । हिरासतजस्तो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको देखिने उक्त तस्वीर बुधबार रातिदेखि एक्कासी सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपा समर्थक डा निकोलस भुसालले सो तस्वीर आफुले खिचेको स्वीकार गरेका हुन् ।

उक्त तस्बिरलाई लिएर सरकार र प्रहरीको आलोचना तथा विभिन्न खालका टिकाटिप्पणी हुन थालेपछि डा भुसालले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।

उनले भनेका छन्, ‘यो फोटो रियल हो । मैले नै खिचेको हो गल्ती भएको हो माफी चाहान्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ ।’ उनले एक युट्युब च्यानलसँग कुराकारी गर्दै उक्त तस्विर प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । उनले आफूले रविको अवस्थाबारे जानकारी दिने उद्देश्यले प्रहरीकै अगाडी सीसीटिभी स्क्रिनबाट तस्विर खिचेको बताएका छन् ।

‘मलाई त्यो कुरा गैरकानुनी भएको थाहा थिएन । चितवनबाट रातारात पोखरा लगिएपछि उहाँको स्वास्थ्य अवस्थाबारे सबै चिन्तित हुनुहुन्थ्यो । त्यसैले मैले रवि दाईको अवस्थाबारे जानकारी दिने भनेर उक्त तस्विर लिएको हुँ’ उनले भने । डा भूसालले त्यो दिन रविलाई पनि भेटेको बताएका छन् ।

वि.सं.२०८१ पुस ४ बिहीवार १५:२२ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...