back
CTIZAN AD

वैदेशिक रोजगारीबाट फर्किका युवाले राष्ट्र निर्माणमा जोड दिनुपर्ने’

वि.सं.२०८१ पुस ४ बिहीवार

702 

shares

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवा राष्ट्र निर्माणमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२४ का अवसरमा पौरखी नेपाल र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भण्डारीले विदेशबाट फर्केका श्रमिकले त्यहाँ आर्जेको सीप र पुँजी उपयोग गर्नुपर्ने धारणा राखे ।

“वैदेशिक रोजगारमा काम गरेर फर्कँदा उहाँहरुले केही न केही ज्ञान, सीप, संस्कार र लगनशीलता सिक्नुभएको हुन्छ, श्रम र समयको मूल्य बुझ्नु भएको हुन्छ, उहाँहरुमा भएको सीप, क्षमता र दक्षतालाई प्रयोगमा ल्याउनु आवश्यक छ, मुलुकको विकासमा उपयोग गर्नुपर्छ ।”

उनले आगामी दिनमा वैदेशिक रोजगारीमा जानेलाई भाषा, सीप र ज्ञान सिकेर जाने वातावरण बनाउनु आवश्यक रहेको बताए । उनले रोजगारदाता, तालिम केन्द्र र वित्तीय क्षेत्रलाई एकै ठाउँमा जोड्ने आफूहरुले प्रयन्त गरेको उल्लेख गरे ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले वैदेशिक रोजगारी बाध्यता र परिस्थितिजन्य अवस्था भएको बताए । उनले वैदेशिक रोजगारमा जाने घरेलुु श्रमिक महिलालाई सहज बाटोबाट जाने व्यवस्था नगर्दा समस्या आएको बताए । उनले कामलाई घृणा गर्नेभन्दा सम्मान गर्नुपर्ने उल्लेख गर्दै गृह श्रमिकलाई सामाजिक सुरक्षा जोड्न आवश्यक रहेको बताए ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चीरञ्जीवी बरालले वैदेशिक रोजगारीबाट फर्किएकालाई नेपालमा काम गर्न समस्या भएको बताए । उनले व्यवसाय दर्ता गरेर नियमसङ्गत काम गर्दा प्राविधिक सहयोग, बजार व्यवस्थापन, उत्पादनको उचित मूल्य पाउन सक्ने अवस्था नहुँदा निरुत्साहित हुनु परिरहेको गुनासो गरे

सरोकारवालाहरुले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारी सृजना गर्दा कर छुट दिनुपर्ने, उद्यम सञ्चालनका विनाधितो ऋण प्रवाहको व्यवस्थापन गरिनुपर्ने, अनुदान दिने प्रणालीलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिएका थिए ।

आप्रवासी श्रमिकहरुको अधिकारलाई कानुनी तथा व्यावहारिक रुपमा सुनिश्चित गर्न हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै आएको छ ।

 

वि.सं.२०८१ पुस ४ बिहीवार १९:३८ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...