back
CTIZAN AD

सिटिजन्स बैंक र एस एम डेन्टल एण्ड स्किन केयरबीच समझदारी

वि.सं.२०८१ पुस ५ शुक्रवार

780 

shares

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौं स्थित एस एम डेन्टल एण्ड स्किन केयर प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस एम डेन्टल एण्ड स्किन केयर प्रा.लि.मा २५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड  बैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

वि.सं.२०८१ पुस ५ शुक्रवार १२:०६ मा प्रकाशित

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...