back
CTIZAN AD

सामुदायिक वनको सामूहिक धानखेती

वि.सं.२०८१ पुस ५ शुक्रवार

516 

shares

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गत साविक जामुने गाविसमा रहेका १३ वटा सामुदायिक वन उपभोक्ता समूहले सामूहिक धानखेती गरेका छन् । वडा नम्बर १ को गुणादी फाँटमा ती वन समूहहरूले सामूहिक रूपमा धानखेती गरेका हुन् ।

त्यसबाट उत्पादित धान विपन्न १६ घरधुरी परिवारलाई निःशुल्क वितरण गरिएको बाराही सामुदायिक वन समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । वन समूहको आम्दानीबाट रु आठ लाख २५ हजारमा ३६ रोपनी खेत बन्धकी लिएर १६ घरधुरी उपभोक्तालाई खेतीका लागि उपलब्ध गराइएको खनालले बताए । सामूहिक खेतीबाट प्रतिघरपरिवार वार्षिक १२–१३ मुरी धान भित्र्याउने किसानले बताएका छन् ।

सामुदायिक वनको आम्दानीबाट गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत रु आठ लाख २५ हजारमा ३६ रोपनी खेत बन्धकी लिएर १६ घरपरिवार उपभोक्तालाई विगत छ वर्षदेखि निःशुल्क धान उपलब्ध गराइएको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य रत्ना घिमिरेले जानकारी दिए ।

उक्त उत्पादित धान सङ्कलन एवं १३ सामुदायिक वनको अन्तक्र्रिया कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले थ्रेसर मेसिनमा धानको मुठा हालेर धान झार्ने कार्यक्रमको शुभारम्भ गरेका थिए । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सामुदायिक वनले वन संरक्षणसँगै गरिबी निवारणमा पनि उल्लेख्य योगदान पुर्याएको बताए । किसानले खेतमा सिँचाइको व्यवस्था मिलाउनुपर्ने माग गरेपछि अध्यक्ष श्रेष्ठले उपभोक्तासँगको सहकार्यमा सिँचाइको प्रबन्ध गरिने उल्लेख गरे । गाउँपालिकाले ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा सिँचाइको व्यवस्था मिलाइने अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख नरबहादुर क्षेत्रीले सबै सामुदायिक वन उपभोक्ता समूहरूले गरिबी निवारणमा काम गर्नुपर्ने बताए ।

 

वि.सं.२०८१ पुस ५ शुक्रवार ११:५५ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...