back
CTIZAN AD

सेनाद्वारा कुकर बम निष्क्रिय

वि.सं.२०८१ पुस ५ शुक्रवार

1.1K 

shares

भैरहवा(रुपन्देही) । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०ः३० पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । “बम पुरानो खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले निष्क्रिय गरेको छ”, कार्कीले भने, “कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौँ ।”

प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्रीलगायतका उपकरण जडान गरिएको थियो । ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो । बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरेको थियो । रासस/फाइल फोटो

वि.सं.२०८१ पुस ५ शुक्रवार १५:१३ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...