back
CTIZAN AD

प्रमुख पदमा पाँच महिला उम्मेदवार

वि.सं.२०७४ जेठ १३ शनिवार

891 

shares

१३ जेठ, खोटाङ । नेकपा (माओवादी केन्द्र)ले खोटाङका पाँच स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रका अनुसार जिल्लाका रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा पूर्वसांसद दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाइली, बराहपोखरी गाउँपालिका प्रमुखमा निशाना राई र जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा श्रीबहादुर राई र उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिका प्रमुखमा अर्जुनकुमार खड्का र उपप्रमुखमा विर्षिका राई, खोटेहाङ गाउँपालिका प्रमुखमा राजन ढकाल र उपप्रमुखमा विनिता राई, दिप्रुङ गाउँपालिका प्रमुखमा दीपक पाण्डे र उपप्रमुखमा कल्पना राईलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै लामीडाँडा गाउँपालिका उपप्रमुखमा भुवराज पोखरेल, केपीलासगढी नगरपालिकामा रुद्रकुमार राई, जन्तेढुङ्गा गाउँपालिकामा वीरबल किराती र बराहपोखरी गाउँपालिका उपप्रमुखमा सुवासचन्द्र राई उम्मेदवार बनेका छन् ।

पिछडिएका वर्ग, लिङ्ग र जातजातिलाई राज्यको नीति निर्माणतहमा पु¥याउने भन्ने पार्टीको नीतिमै उल्लेख भएअनुसार प्रमुख पदमा महिलालाई टिकट दिइएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा खोटाङ इन्चार्ज ध्रुव बुढाथोकीले बताउनुभयो ।

जिल्लाका अन्य राजनीतिक दलले भने आकाङ्क्षीको सङ्ख्या धेरै हुँदा अहिलेसम्म उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् ।

वि.सं.२०७४ जेठ १३ शनिवार ०२:३५ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...