Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

लेक लागेर सिंगापुरकी कुम्लिङको मृत्यु



१३ जेठ, सल्लेरी (सोलुखुम्बु) । खुम्जुङको लबुजेमा सिङ्गापुरकी एमी ओङ कुम्लिङको शुक्रबार लेक लागेर मृत्यु भएको छ ।

सिङ्गापुरकी ४६ वर्षीया कुम्लिङको शुक्रबार बिहान होटलमा बसेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उहाँ म्याराथुनमा सहभागी हुन लबुजे पुग्नुभएको थियो । मे २९ तारिख अर्थात् सगरमाथा दिवसका अवसरमा आयोजना हुने म्याराथुन प्रतियोगितामा सहभागी हुनका लागि उहाँ बिहीबार पुग्नुभएको थियो । शव परीक्षणका लागि काठमाडाँै लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लडेर मृत्यु

सोलुदूधकुण्ड नगरपालिका–३ सालबेँसी निवासी ८३ वर्षीया रिन्जी फुर्वा शेर्पाको वृद्ध भत्ता लिन सदरमुकाम सल्लेरी आउने क्रममा शुक्रबार बिहान बेनीस्थित माछापोखरी नजिकैको खोल्सामा लडेर मृत्यु छ । शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

चट्याङबाट चार घाइते

शुक्रबार बिहान पानीसँगै चट्याङ लागेर दूधकौसीका गाउँपालिका–७ देउसामा चार जना घाइते भएका छन् । बिहान करिब ९ बजे चट्याङ लागेर देउसाका ४५ वर्षीया लक्ष्मी खड्का गम्भीर घाइते हुनुभएको प्रत्यक्षदर्शी हर्कबहादुर खत्रीले जानकारी दिनुभयो । सुम्बु खोला लघुजलविद्युत् प्रणालीको मुख्य लाइनमा चट्याङ पर्दा करिब ३५ वर्षीया सम्झना खत्री, दुई वर्षीया गोमा खत्री र ३१ वर्षीया मिठुमाया बस्नेतसमेत घाइते भएका छन् ।

सोही चट्याङका कारण रमेशकुमार बस्नेत, सोमबहादुर बस्नेत र कमलबहादुर बस्नेतको घरमा राखिएको मिटर बक्स र तारसमेत जलेर नष्ट भएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ