back
CTIZAN AD

लेक लागेर सिंगापुरकी कुम्लिङको मृत्यु

वि.सं.२०७४ जेठ १३ शनिवार

975 

shares

१३ जेठ, सल्लेरी (सोलुखुम्बु) । खुम्जुङको लबुजेमा सिङ्गापुरकी एमी ओङ कुम्लिङको शुक्रबार लेक लागेर मृत्यु भएको छ ।

सिङ्गापुरकी ४६ वर्षीया कुम्लिङको शुक्रबार बिहान होटलमा बसेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उहाँ म्याराथुनमा सहभागी हुन लबुजे पुग्नुभएको थियो । मे २९ तारिख अर्थात् सगरमाथा दिवसका अवसरमा आयोजना हुने म्याराथुन प्रतियोगितामा सहभागी हुनका लागि उहाँ बिहीबार पुग्नुभएको थियो । शव परीक्षणका लागि काठमाडाँै लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लडेर मृत्यु

सोलुदूधकुण्ड नगरपालिका–३ सालबेँसी निवासी ८३ वर्षीया रिन्जी फुर्वा शेर्पाको वृद्ध भत्ता लिन सदरमुकाम सल्लेरी आउने क्रममा शुक्रबार बिहान बेनीस्थित माछापोखरी नजिकैको खोल्सामा लडेर मृत्यु छ । शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

चट्याङबाट चार घाइते

शुक्रबार बिहान पानीसँगै चट्याङ लागेर दूधकौसीका गाउँपालिका–७ देउसामा चार जना घाइते भएका छन् । बिहान करिब ९ बजे चट्याङ लागेर देउसाका ४५ वर्षीया लक्ष्मी खड्का गम्भीर घाइते हुनुभएको प्रत्यक्षदर्शी हर्कबहादुर खत्रीले जानकारी दिनुभयो । सुम्बु खोला लघुजलविद्युत् प्रणालीको मुख्य लाइनमा चट्याङ पर्दा करिब ३५ वर्षीया सम्झना खत्री, दुई वर्षीया गोमा खत्री र ३१ वर्षीया मिठुमाया बस्नेतसमेत घाइते भएका छन् ।

सोही चट्याङका कारण रमेशकुमार बस्नेत, सोमबहादुर बस्नेत र कमलबहादुर बस्नेतको घरमा राखिएको मिटर बक्स र तारसमेत जलेर नष्ट भएको छ । रासस

वि.सं.२०७४ जेठ १३ शनिवार ०२:४० मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...