back
CTIZAN AD

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारणसभा सम्पन्न

वि.सं.२०८१ पुस ७ आइतवार

1.3K 

shares

देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । देवचुली नगरपालिकाको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा भामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई वर्तमानका सम्भावना र चुनौतीलाई विश्लेषण गरि आगामी दिनहरुमा गर्ने कामको योजना बढाउन साधारणसभाले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले भविष्यमा पानीको संकट आउन नदिनका लागि पानी संचित गर्ने गरि रिचार्ज पोखरी बनाउनुपर्ने अवस्था रहेको बताए । उनले प्रगतिनगर खानेपानी संस्थालाई आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताए ।

साधारणसभामा संस्थाका अध्यक्ष खिमानन्द भुसालले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को कार्ययोजना र संस्थाको नीति तथा प्रस्तुत गरेका थिए ।

भुसालले रिजर्ववायर टंयाकीहरु मर्मत र ओभरहेड टंयाकी रङरोगन गर्ने, सिताबास टंयाकी परिसरमा १ वटा बोरिङ खन्ने, उपयुक्त स्थानमा १ ओभरहेड टंयाकी निर्माण गर्ने, वास प्लान निर्माण गर्ने, सिताबास रिजर्व टंकी परिसर जाने बाटोमा मोजाक टायल लगाउने, मुहान परिसर जाने बाटो डाडाचौतारी देखि रफिङ्ग फिल्टरसम्म ढलान बाटो निर्माण गर्ने लगायतका १८ वटा कार्ययोजना सभामा पेश गरेका थिए ।

सभामा कोषाध्यक्ष गुना भण्डारीद्वारा संस्थाको आर्थिक प्रतिवेदन, आन्तरिक लेखा समितिका संयोजक रत्ना भुसालले आन्तरिक लेखा समितिको प्रतिवेदन, सुरक्षा योजना उपसमितिका सचिव लोकनाथ अर्यालले खानेपानी सुरक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका उपाध्यक्ष दुर्गादेवि विष्टले स्वागत मन्तव्य र सचिव ईन्द्रमणि भुसालले सञ्चालन गरेका थिए ।

वि.सं.२०८१ पुस ७ आइतवार १४:०९ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...