back
CTIZAN AD

राप्रपाका नेता कार्यकर्ताले अन्य दलको सामग्रीमा लाइक र रिट्विट गर्न नपाइने

वि.सं.२०८१ पुस ९ मंगलवार

684 

shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमाराप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ ।

कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ, ‘सदस्यले प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन।’

साथै पार्टीको पद उपयोग गर्दा सामाजिक सञ्जालमा छद्म नाम प्रयोग गर्न नहुने राप्रपाले कार्यविधिमा समेटेको छ ।उक्त कार्यविधिमार्फत पार्टीको निर्णय, विचार, मूल्य मान्यता, आदर्श र नीतिहरूलाई जनतामाझ पु¥याउने विषय पनि समेटेर सामाजिक सञ्जाल कार्यविधि ल्याइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरुपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ लाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।

उनले भने, ‘कार्यविधिमार्फत सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र आम जनसमुदायबिच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तार गर्दै पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन पार्टी सदस्यहरूका लागि मार्गदर्शन गर्नेछ। पार्टीभित्र पछिल्लो समय जथाभाबी लेख्ने प्रवृत्ति बढेकोमा यो कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिको अन्य हुने पार्टीको विश्वास छ।’

वि.सं.२०८१ पुस ९ मंगलवार १४:३२ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...