Logo
१२ माघ २०७८, बुधबार
     Wed Jan 26 2022
E-paper
  English Edition
   Unicode
Logo

उच्च रक्तश्रावका कारण गर्भवतीको मृत्यु



१३ जेठ, जुम्ला । उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिनुभयो । भट्टराईलाई जुम्ला अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

भट्टराईको उच्च रक्तश्रावका कारण मृत्यु भएकोे प्रतिष्ठान जुम्लाका डा राजीव शाहले जानकारी दिनुभयो । “गर्भवतीलाई टेम्पुमा बेहोस अवस्थामा ल्याइएको थियो, होसमा नआई उनको मृत्यु भयो” उहाँले भन्नुभयो । रक्तश्राव अघिल्लो दिनदेखि भएको तर पारिवारिक हेलचक्र्याइँका कारण बिरामी समयमै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको उहाँको भनाइ छ ।

डा शाहका अनुसार ज्ञानुको यसअघि दुई वटा शल्यक्रियाबाटै शिशु निकालिएको थियो । स्थानीयवासीका अनुसार ज्ञानुलाई जुम्ला सदरमुकामबाट २० किमी दूरीको कुडारी लुम्सेरा गाउँबाट बसमा उपचार गर्न अस्पताल ल्याइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सरकारी काममा सर्वसाधारणले कतिसम्म सास्ती पाउँछन् भन्ने कुरा चितवनका जोन कँडेलले पाएको सास्तीले देखाएको

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके