
काठमाडौँ । कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ ।
तनहुँ काठमाडौँ इन्टेलेक्च्युयल डेमोक्रेटिक सोसाइटी(टिकिडस्)ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा शुक्रबार यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो । कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै उहाँलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गर्नुभयो ।
गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै उहाँको तनहुँको दमौलीमा हत्या गरिएको थियो । टिकिडस्का सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो ।