back
CTIZAN AD

कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

वि.सं.२०७४ जेठ १३ शनिवार

1.1K 

shares

bikram-pariyarकाठमाडौँ । कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ ।

तनहुँ काठमाडौँ इन्टेलेक्च्युयल डेमोक्रेटिक सोसाइटी(टिकिडस्)ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा शुक्रबार यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो । कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै उहाँलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गर्नुभयो ।
गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै उहाँको तनहुँको दमौलीमा हत्या गरिएको थियो । टिकिडस्का सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो ।

वि.सं.२०७४ जेठ १३ शनिवार ०२:४६ मा प्रकाशित

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...