back
CTIZAN AD

मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन

वि.सं.२०८१ पुस १२ शुक्रवार

810 

shares

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष आठ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत् परियोजनाअन्तर्गत ह्याचरी मिर्मीले कालीगण्डकी नदीसहित आँधीखोला तथा आसपासका खोलामा छाड्ने गरी भुरा उत्पादन गरी वितरण गरेको हो ।

परियोजना सञ्चालन भएसँगै नार्कसँगको सहकार्यमा विभिन्न जातका माछाका भुरा उत्पादन गरी वितरण गर्न थालिएको परियोजना प्रमुख राजबाबु महर्जनले बताए । नदी तथा खोलामा पर्यावरण सन्तुलनलाई कायम राख्नका लागि परियोजनाको जलायश तथा त्यससँग प्रभावित अन्य खोलाहरूमा भुरा छाडिदै आएको उनले बताए ।

ह्याचरीले विगतका वर्षमा जस्तै यस वर्ष पनि विभिन्न प्रजातिका आठ लाख २२ हजार माछाका भुरा उत्पादन गरी मागका आधारमा वितरण गरिएको कालीगण्डकी मत्स्य ह्याचरीका संयोजक डोलराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ह्याचरीमा उत्पादन भएकामध्ये यस वर्ष कालीगण्डकी जलविद्युत् परियोजनाको जलाशय मिर्मी आँधीमुहानमा तीन लाख ८० हजार, बिरुवा गाउँपालिकाअन्तर्गतका खोला आसपासमा ८७ हजार पाँच सय, अर्जुनचौपारी गाउँपालिकाअन्तर्गत दरौँ खोला र आसपासका खोलामा ५० हजार, रुरु हाइड्रोपावर क्षेत्रमा ४२ हजार पाँच सय माछाका भुरा वितरण गरिएका छन् ।

ह्याचरीले स्थानीय जातका हाडे, गर्दी, सहर, कत्ले, हाडेसहित पोखरीमा पाल्नका लागि कमनकार्पलगायत माछाका भुरा उत्पादन तथा वितरण गर्दै आएको छ । रासस /फाइल फोटो

 

वि.सं.२०८१ पुस १२ शुक्रवार १४:०० मा प्रकाशित

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...