back
CTIZAN AD

वि.सं.२०८१ पुस १५ सोमवार

489 

shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको अवसरमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका भएको बताएका छन् ।

अध्यक्ष दाहालले आज जारी गरेको शुभकामना सन्देशमा देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हु्न ।“नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षका ठूलाठूला गाथा बोकेर संविधानसभाबाट २०७२ सालमा जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ ं“सन्देशमा भनिएको छ,“यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ, यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।”

अध्यक्ष दाहालले सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन पर्वले भूमिका खेल्नेसमेत उल्लेख गरेको छ । तमु ल्होसार पर्वले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गर्न विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो वेषभूषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको छ ।

 

वि.सं.२०८१ पुस १५ सोमवार १०:०५ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...