back
CTIZAN AD

गाउँपालिका अध्यक्ष विरुद्ध किर्ते र जालसाजी मुद्दा

वि.सं.२०८१ पुस १७ बुधवार

9K 

shares

काठमाडौँ । गुठीको जग्गा किर्ते र जालसाँजी गरी मोही कायम गरेको भन्दै दोलखाको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा विरुद्ध जिल्ला अदालत दोलखामा मुद्दा दर्ता भएको छ ।

गत असोजमा दर्ता भएको मुद्दामा बैतेश्वर गाउँपालिका वडा न. १  (साबिक गैरीमुदी गाविस)  स्थायी घर भएका महेश्वर उप्रेतीको नाममा रहेको कित्ता न. १४४७ रहेको जग्गा मिति २०६९ साउन ३० को निर्णय उल्लेख गरी जालसाजी र किर्ते गरी मोही कायम गरेको जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा उल्लेख गरिएको छ ।

उक्त मितिको निर्णय मिसिल मालपोत कार्यालय दोलखामा फेला नपरेको रिट निवेदनमा उल्लेख छ । रिट निवेदन तामाकोसी गाउँपालिकामा रहेको नारायणी चार धाम निजी गुठीको तर्फबाट बैतेश्वर–१ निवासी दिनेशराज उप्रेतीले गरेका हुन् ।

गुठीको नाममा रहेको  कित्ता न. १४४७ को जग्गाको साबिक फिल्डबुक, जग्गाधनी दर्ता स्रेस्ता तथा पुर्जामा मोही महल खालि रहेको र विपक्ष प्रतिवादी छवि लामाले मालपोत कार्यालयमा रहेको स्रेस्ता तथा गुठीको जग्गा मोही कायम गरी पास गरेकोले भूमि सम्बन्धी ऐन २०२१ को चौथो संशोधन २०५१ को दफा २६ को उपदफा १ को अवस्थामा बाहेक मोही कायम नहुने व्यवस्थाको विपरीत मोही कायम गरेकोले किर्ते र जालसाजी गर्ने छवि लामालाई हदै सम्मको कारबाही गरी पाउँ भनी माग दाबी गरिएको छ ।

नेपाल सरकारको भूमि सम्बन्धी ऐनको चौथो संशोधनले मोही कायम नहुने व्यवस्था र गुठी संस्था ऐन २०३३ को दफा २७ को प्रतिबन्धात्मक वाक्य (क) मा गुठीको कुनै काम गरेबापत जोत भोग गरी पाउने रकमिले त्यस्तो जग्गामा मोहियानी हक पाउने छैन भनी व्यवस्था गरेकोले छ ।

नेपाल सरकारको भूमि सम्बन्धी ऐनको चौथो संशोधनले मोही कायम नहुने व्यवस्था र गुठी संस्था ऐन २०३३ को दफा २७ को प्रतिबन्धात्मक वाक्य (क) मा गुठीको कुनै काम गरेवापत जोत–भोग गरी पाउने रकमिले त्यस्तो जग्गामा मोहियानी हक पाउने छैन भनी व्यवस्था गरेको छ । त्यसैगरी,  कीर्तिपुरस्थित चिलंचो भगवान् गुठीको गुठियार धर्मब्रज बज्राचार्यले दर्ता गरेको मुद्दामा मिति २०६७ साल असार १० गते सर्वाेच्च अदालतका न्यायाधीशहरू डा. नहकुल सुबेदी, कुमार रेग्मी, हरि प्रसाद फुयाँल, विनोद शर्मा र सुनिल कुमार पोखरेलको वृहत् पूर्ण इजलासले गुठीको जग्गा मोहियानी हक कायम नहुने ऐतिहासिक फैसलासमेत गरेको थियो । सर्वाेच्च अदालतकाे वृहत पूर्ण इजलासकाे फैसला तथा नेपालको प्रचलित कानुन र अदालतको फैसलाको नजिर हेर्दा गाउँपालिका अध्यक्ष छवि लामाले गरेको कार्य कानुन विपरीत देखिएकोले कारबाहीको भागिदार देखिने दाबी रिटमा गरिएको छ ।

लामा सत्ता साझेदार दल नेपाली काँग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष हुन् ।  उक्त कार्यमा सहयोग गरेबापत अध्यक्ष छवि  लामाले गुठियार महेश्वर उप्रेतीको नाति, दीपक उप्रेतीको छोरालाई गाउँ कार्यपालिकाबाट निर्णय गराई ३५ लाख रुपैयाँ एमबीएस अध्ययन गर्नको लागि प्रदान गरेको सम्वन्धमा पनि अख्तियारमा मुद्दा चलिरहेको  स्थानीयको भनाइ छ । हाल देशका कतिपय पालिकाहरूमा सत्तारूढ दलहरूबाट निर्वाचित जनप्रतिनिधिहरू नै अनियमितताकाे बिभिन्न काण्डहरूमा संलग्न रहेकाे समाचारहरू सार्वजनिक भैरहँदा याे पछिल्लाे घटना सार्वजनिक भएकाे हाे ।

यस विषयमा अख्तियार अनुसन्धान आयोग, हेटौडाले छानबिनको लागि अध्यक्ष छवि लामा र जिल्ला मालपोत कार्यालय, दोलखाका सम्बन्धित कर्मचारीहरूसँग बयान लिईसकेको र त्यस समयका कार्यालय प्रमुख अनिवार्य अवकाश भएर पनि बयान दिएपछि कारबाहीको डरले  विदेश पलायन भएको श्रोतको दाबी छ ।

के भन्छन् लामा ?

यस विषयमा बुझ्न संसार न्युजले कुरा गर्दा आफूले रिटको उत्तर अदालतमा दिइसकेको छु, उतै गएर बुझ्नु भन्ने  प्रतिक्रिया दिए ।

वि.सं.२०८१ पुस १७ बुधवार १५:०४ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...