back
CTIZAN AD

नमुना विद्यालय बनाउन नेपाली सेनाको सहयोग

वि.सं.२०७४ जेठ १४ आइतवार

735 

shares

१४ जेठ, रोल्पा । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ ।

थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले बताउनु भयो । “अहिले निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा आउनेको चाप बढ्दै गएका कारण भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागेका छौँ” – घर्तीले भन्नुभयो ।

भवन निर्माणका लागि विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन् । सहयोगकै क्रममा नेपाली सेनाको खडक दल गणको एक सैनिक टोली थवाङमा रहेर निर्माण कार्यमा सहयोग गरिरहेको सैन्य स्रोतले बताएको छ । विद्यार्थीको चापसँगै भवन अपुग भएको भन्दै विद्यालयले नेपाली सेनालाई भवन निर्माणमा सहयोग गर्न अनुरोध गरेअनुसार हाल एक टोली थवाङमा पुगी विद्यालय भवन निर्माणमा सहयोग गरेको हो ।

विद्यालयको आन्तरिक र बाह्य परीक्षामा अधिकांश विद्यार्थी अङ्ग्रेजी विषयमा असफल हुन थालेपछि विद्यालयप्रति अभिभावकको आकर्षण घट्न थालेकाले अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालनी गरिएको विद्यालयले बताएको छ । नर्सरीबाट सुरु गरिएको अङ्ग्रेजी माध्यमको पढाइ कक्षा ९ सम्म पुगेको बताइएको छ । कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ गर्ने योजना रहेको विद्यालयले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिले पछिल्लोपटक विद्यालयलाई नमुना बनाउने भन्दै थालेको अभियानस्वरुप शैक्षिक र भौतिक उपलब्धि देखिन थालेपछि अभिभावकसमेत सन्तुष्ट देखिन थालेको विद्यालयले बताएको छ ।

विद्यालयमा हाल सरकारी दरबन्दीका रुपमा कक्षा १ देखि १२ सम्म २१ जना शिक्षक र ७५० बढी विद्यार्थी रहेका छन् । रासस

वि.सं.२०७४ जेठ १४ आइतवार ०३:१९ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...