back
CTIZAN AD

सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

वि.सं.२०८१ पुस २३ मंगलवार

702 

shares

नवलपुर (नवलपरासी) । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ ।

सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझैँ चराको प्रजाति र सङ्ख्या नभेटिएको बताए । “अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए”, उनले भने, “यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए ।” साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उनको भनाइ छ ।

विगतमा गणना गरिएको जुरे हुटिट््याउँ, चित्र दङ्गालगायत जलपन्छी यसपटक नभेटिएको उनले जानकारी दिए । “चखेवा र खोया हाँसको सङ्ख्या भने विगतमाझैँ भेटिएको छ”, उहाँले भन्नुभयो । नदीमा बढेको प्रदूषणका कारण यस क्षेत्रमा जलपन्छी न्यून आएको हुनसक्ने उनले बताए ।

गणनाको केही दिन अगाडि निकुञ्ज क्षेत्रमा पहिलोपटक ‘कालो टाउके लेक चरी’ भेटिएको थियो । “यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौँ”, लिम्बूले भने, “दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो ।” हाल उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न र खानेकुराको खोजीमा विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चरा आउने उनले बताए ।

निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालतलैयामा भने पुस २७ गतेमात्र जलपन्छी गणना गर्ने तयारी गरिएको संयोजक डिबी चौधरीले बताए । विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसारमा पाइने जलपन्छीको सङ्ख्या, प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी लिन यस वर्षको गणना यही पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताए । “चरा गणना स्वयंसेवी रूपमा गरिने भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ”, उनले भने, “जलपन्छी गणनामा सहभागी हुने गणक होटल व्यवसायी, नेचरगाइड हुने भएकाले अन्य ठाउँमा भन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो ।”

यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गर्ने योजना बनाइएको छ । जलपन्छी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपर बस्ने परम्परागत र बसाइँसराइ गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ । चराको प्रारम्भिक तथ्याङ्क गणना सकिएलगत्तै गरिने भए प्नि विस्तृत प्रतिवेदन आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने संयोजक चौधरीले बताए । रासस/फाइल फोटो

वि.सं.२०८१ पुस २३ मंगलवार १२:१० मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...