back
CTIZAN AD

रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु, आठ घाइते

वि.सं.२०८१ पुस २८ आइतवार

960 

shares

प्राग, चेक गणतन्त्र । चेक गणतन्त्रको उत्तरपश्चिमी शहरको एक रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

स्थानीय दमकल सेवाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “ग्यास हिटर विस्फोटपछि आगो निकै तीव्र गतिमा फैलिएको थियो ।”

राजधानी प्रागबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा पर्ने मोस्ट सहरको एक हाउजिङ क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

स्थानीय समयअनुसार शनिवार राति २२:१७ बजेबाट शुरु भएको आगो मध्यरातसम्म नियन्त्रणमा आएको दमकल सेवाले जनाएको छ ।

“सबै प्रयासका बावजुद आगलागीबाट छ जनाको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

घटनामा अन्य आठ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई मोस्टको प्राग र उस्ती नाद लाबेमको क्षेत्रीय राजधानीमा रहेका अस्पतालहरूमा लगिएको थियो ।

आन्तरिक मामिलामन्त्री भिट राकुसनले अग्निनियन्त्रकहरूले रेष्टुरेन्ट र नजिकैको फ्ल्याटको ब्लकबाट करिब ३० जनालाई बाहिर निकालेको बताएका छन् । एएफपी

 

वि.सं.२०८१ पुस २८ आइतवार १५:३७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...