back
CTIZAN AD

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

वि.सं.२०८१ माघ ५ शनिवार

798 

shares

पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन हुँदैछ ।

आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नं ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति पु¥याएको छ ।

खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तिलविक्रम इधिङ्गोले जानकारी दिए । “प्रकृतिको पूजा गर्ने, क्षमा पूजा गर्ने हाम्रो परम्परा नै हो । यसको निरन्तरताका लागि क्षमा पूजा गर्न लागिएको हो”, इधिङ्गोले भने, “प्रकृतिमाथिको दोहन र नियन्त्रणलाई कम गर्ने सन्देश दिनु पनि यसको उद्देश्य हो ।”

आजदेखि चल्ने क्षमा पूजा तथा प्रकृतिमा पूजामा लगातार चार दिन ब्राह्मणहरूबाट पाठ हुनेछ भने त्यसपछिका तीन दिन बरूण पुराण वाचन हुनेछ । लक्ष्य हवन र प्रकृति पूजा हेंवा र फेमे खोलाको सङ्गमस्थलमा हुनेछ । उक्त पूजामा जम्मा एक सय ५० किलो तिलको एक लाख २५ हजार हवन हुने आयोजकमध्येका सुवराज थापाको भनाइ छ ।

उक्त पूजाको आयोजनामा कुनै पनि सङ्घ संस्थासम्बद्ध नरहेको तथा पूजाका लागि कुनै पनि रकम सङ्कलन नगरिने आयोजकको भनाइ छ । स्थानीयवासी, आध्यात्मिक क्षेत्रका व्यक्ति तथा संस्थाले पूजाको आयोजना, व्यवस्थापन तथा खानपानको व्यवस्था मिलाउने भएका छन् ।

 

वि.सं.२०८१ माघ ५ शनिवार १३:३५ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...