back
CTIZAN AD

जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग

वि.सं.२०८१ माघ ९ बुधवार

789 

shares

चितवन । सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् ।

सौराहा क्षेत्रमा अहिले मकुना नामको जङ्गली हात्ती बस्ती पसेर स्थानीयलाई दुःख दिँदै आएको छ । योसँगै रोनाल्डो नामको हात्ती पनि हात्ती प्रजनन केन्द्र हुँदै बस्तीमा आउने गरेको छ । जङ्गली हात्तीले पोथी हात्ती खोज्दै बस्ती आउने क्रम बढेपछि स्थानीयले व्यवस्थापनका लागि माग गरेका हुन् ।

स्थानीयले सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, निकुञ्ज वा बस्तीभन्दा पर कुनै खाली ठाउँमा सबै हात्ती एकै ठाउँमा राख्न माग गरेका हुन् । निकुञ्ज प्रशासन, स्थानीय प्रशासन, हात्ती व्यवसायी र स्थानीयले यस विषयमा छलफल थालेका छन् ।

रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले स्थानीयको मागअनुसार निकुञ्ज प्रशासनसँग छलफल भएको बताए । सम्बन्धित वडाका अध्यक्षहरूले यस विषयमा नगरप्रमुखसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए । उनले भने, “यस विषयमा सरोकार भएका निकाय र स्थानीयबीच छलफल भइरहेको छ । एकीकृत रूपमा वन नजिक निजी हात्ती राखेमा जङ्गली हात्तीले कम दुःख दिने सबैको सुझाव छ ।”

सौराहामा ४५ वटा निजी हात्ती छन् । तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले आफूहरू स्थानीयको मागअनुसार काम गर्न तयार रहेको बताए । उनले भने, “निजी जग्गामा राख्दा वरिपरि घर हुन्छन् । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।” सधैँका लागि एकीकृत गरेर हात्ती राख्ने ठाउँ पाए आवश्यक संरचना आफूहरूले बनाउने उनको भनाइ छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले निकुञ्ज प्रशासन स्थानीयको मागप्रति गम्भीर रहेको बताए । निजी हात्तीलाई एकीकृत गरेर राख्न केही समयका लागि सोर क्षेत्रमा बासस्थानको व्यवस्थापन गर्न सकिने उनले उल्लेख गरे । दीर्घकालीन वा अल्पकालीन रूपमा हात्ती राख्नका लागि विभागसँग अनुमति लिनुपर्ने भएकाले लिखित रूपमा माग राख्न भनिएको उनले जानकारी दिए ।

जङ्गली हात्तीले बस्ती पसेर धनजनको क्षति पु¥याउने, स्थानीय र पर्यटकलाई त्रसित बनाउने गर्दै आएका छन् । जाडो महिना सुरु भएसँगै हात्ती बस्ती पस्न थालेका हुन् । रासस/फाइल फोटो

 

वि.सं.२०८१ माघ ९ बुधवार १३:०२ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...