back
CTIZAN AD

बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

वि.सं.२०८१ माघ १४ सोमवार

606 

shares

वीरगञ्ज (पर्सा) । वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो ।

कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ । हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन् । कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसानहरु धान बिक्री गर्न नआएको बताए । ‘‘किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ’’, उनले भने, ‘‘उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरहनुभएको छ ।’’

कार्यालयले दैनिक चार बजेभित्र कृषकले ल्याएको धान तौलिन भ्याएमा सोही दिनभित्रै भुक्तानी गर्दै आइरहेको जनाएको छ । विगतका दुई वर्ष बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मू्ल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । सरकारले यो वर्ष सोनामन्सुली धानप्रति क्वीन्टल रु तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा समर्थन मूल्य तोकेको छ । त्यसैगरी जिरामसिनोको समर्थन मूल्य प्रतिक्वीन्टल रु चार हजार तोकेको छ ।

यसैबीच, गत आवमा धान, चामल आयात घटेको छ । अघिल्ला आर्थिक वर्षहरुको तुलनामा गत आवमा वीरगञ्ज भन्सार हुँदै आयात हुने चामल आयातमा उच्च गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै सो को प्रभाव नेपालमा देखिएको हो ।

कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलो धान आयात भएको थियो । आव २०७९/८० को तुलनामा गत आवमा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो ।

आव २०७९/८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको थियो । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलो धान आयात गरिएको थियो ।

गत आव २०८०/८१ मा वीरगन्ज भन्सार हुँदै रु एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्यबराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलो चामल आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा आयात भएको चामलको परिमाण ६३ दशमलव ८० प्रतिशतले कमी हो ।

आव २०७९÷८० मा भने रु दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार छ सय ८३ किलो चामल आयात भएको थियो ।

 

वि.सं.२०८१ माघ १४ सोमवार १९:३७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...