back
CTIZAN AD

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

वि.सं.२०८१ माघ १८ शुक्रवार

585 

shares

काठमाडौँ । अछाम, मंगलसेन नगरपालिका–३ स्थित बस्पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित कैलाली जानकी गाउँपालिका–१ बस्ने २२ वर्षीय रोहित बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका–७ मनेहराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय सचिन सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–१ बस्ने २१ वर्षीय समिर चौधरी र २१ वर्षीय आकाश तिमिल्सिना रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–३ पक्की कुवा नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका वडारा बस्ने ३४ वर्षीय सुरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका–५ जयनगर बस्ने २१ वर्षीय दुर्गा ऋषिदेवलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:३२ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...