back
CTIZAN AD

उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति

वि.सं.२०८१ माघ २० आइतवार

762 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा–१२ वडाध्यक्ष नवलसिंह रानाले बताए ।

“हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको छ”, उनले भने, “झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका छन्”, पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताए ।

“उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको थिएँ”, उनले भने, “दुई दिनभित्र काट्ने तरखरमा लागेका थियौँ, आगलागी हँुदा नोक्सानी व्यहोर्नुपरेको छ ।” उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए । अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ ।रासस

 

वि.सं.२०८१ माघ २० आइतवार १०:४२ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...