back
CTIZAN AD

यातायात कार्यालयद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन

वि.सं.२०८१ माघ २० आइतवार

669 

shares

जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले रु ६७ लाख ४४ हजार राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर रु ३० लाख ३५ हजार र सवारी साधनकरतर्फ रु २६ लाख ६६ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।रासस

 

वि.सं.२०८१ माघ २० आइतवार ११:३७ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...