back
CTIZAN AD

नेपाल तारा युवा क्लबको वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८१ माघ २० आइतवार

1.3K 

shares

स्याङ्जा । नेपाल तारा युवा क्लबको १८औँ वार्षिकोत्सव सम्पन्न भएको छ । क्लबले वार्षिकोत्सवको अवसरमा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

समापन समारोहमा गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले युवाहरू सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताए । उनले खेलले व्यक्तिलाई शारीरिक तथा आर्थिक हिसाबले मजबुत बनाउन सक्ने बताए । नगरप्रमुख भट्टराईले समाजको विकास र समृद्धिका लागि एकताबद्ध हुन सुझाव दिए ।

कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, गल्याङ नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद भट्टराई, टोल सुधार समितिका अध्यक्ष पदमबहादुर गाहा, लक्ष्मण भुसाल, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चन्द्र राना लगायतले बोलेका थिए ।

क्लबका सदस्य अर्जुन विश्वकर्माका अनुसार भलिबल प्रतियोगितामा आयोजक नेपाल तारा युवा क्लब प्रथम भएसँगै ५१ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । द्धितिय भएको न्यु क्रियटिभ थानपाटाले ३३ हजार तीन सय ३३ रुपैयाँ र तृतीय भएको सगरमाथा युवा क्लब खुसीलोले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाएको छ । शान्तवना भएको आयोजक नेपाल तारा युवा क्लबले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाएको छ भने सबै विजेता समूहलाई शिल्ड मेडल र प्रमाणपत्र दिइएको छ ।

नेपाल तारा युवा क्लबका अध्यक्ष विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत मन्तव्य क्लबका सदस्य अर्जुन विश्वकर्माले गरेका थिए भने सञ्चालन सचिव प्रदीप भुसालले गरेका थिए ।

वि.सं.२०८१ माघ २० आइतवार १२:१६ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

बेसिनका माछा सेवन नगर्न आग्रह

बेसिनका माछा सेवन नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य...