back

नेपाल तारा युवा क्लबको वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८१ माघ २० आइतवार

525 

shares
GLOBAL IME AD
NTC AD

स्याङ्जा । नेपाल तारा युवा क्लबको १८औँ वार्षिकोत्सव सम्पन्न भएको छ । क्लबले वार्षिकोत्सवको अवसरमा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

समापन समारोहमा गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले युवाहरू सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताए । उनले खेलले व्यक्तिलाई शारीरिक तथा आर्थिक हिसाबले मजबुत बनाउन सक्ने बताए । नगरप्रमुख भट्टराईले समाजको विकास र समृद्धिका लागि एकताबद्ध हुन सुझाव दिए ।

कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, गल्याङ नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद भट्टराई, टोल सुधार समितिका अध्यक्ष पदमबहादुर गाहा, लक्ष्मण भुसाल, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चन्द्र राना लगायतले बोलेका थिए ।

क्लबका सदस्य अर्जुन विश्वकर्माका अनुसार भलिबल प्रतियोगितामा आयोजक नेपाल तारा युवा क्लब प्रथम भएसँगै ५१ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । द्धितिय भएको न्यु क्रियटिभ थानपाटाले ३३ हजार तीन सय ३३ रुपैयाँ र तृतीय भएको सगरमाथा युवा क्लब खुसीलोले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाएको छ । शान्तवना भएको आयोजक नेपाल तारा युवा क्लबले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाएको छ भने सबै विजेता समूहलाई शिल्ड मेडल र प्रमाणपत्र दिइएको छ ।

नेपाल तारा युवा क्लबका अध्यक्ष विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत मन्तव्य क्लबका सदस्य अर्जुन विश्वकर्माले गरेका थिए भने सञ्चालन सचिव प्रदीप भुसालले गरेका थिए ।

वि.सं.२०८१ माघ २० आइतवार १२:१६ मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...