back
CTIZAN AD

बडहरेस्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास

वि.सं.२०८१ माघ २० आइतवार

672 

shares

गण्डकी । पोखरा महानगरपालिका–३२ बडहरेस्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो ।

किंबदन्तीअनुुसार जोत्ने क्रममा हलोको फालीले उक्त शिलाको केही भाग चोइटिएर फुटेको स्थानीय बताउँछन् । जोत्न प्रयोग गरिएका हलगोरु मरेपछि सोबारे खोजी गर्दा उक्त शिला गणेशको मूर्ति फेला परेपछि हाल मन्दिर भएकोे ठाउँमा राखिएको स्थानीयवासी बताउँछन् । फाली लागेर चोइटिएको भाग अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।

सुरुमा एक बित्ता लम्बाइको उक्त शिला बर्सेनि बढ्दै गएर अहिले झण्डै एक हात भन्दामाथि पुगिसकेको हाल मन्दिरमा नियमित पूजा गर्दै आएकी देवी पराजुलीले जानकारी दिईन् । सुरुमा उक्त स्थानमा सामान्य ढुङ्गाले बारबेरगरी छपनीले छोपेर राखिएको सिद्ध गणेशको मूर्ति पछि व्यवस्थित मन्दिरका रूपमा व्यवस्थित गरिएको उनले बताईन् । त्यसयता अत्यन्त आस्था एवं विश्वासका साथ यहाँ पूजाआजा हुँदै आएको छ ।

यहाँस्थित सिद्ध गणेशको शिला रहस्यात्मक रूपमा बढिइरहेको प्रत्यक्ष अनुभव गरेको ८५ वर्षीय काशीनाथ पण्डितले बताए । “म सानोमा मामाघर जाने क्रममा उक्त मन्दिर भएर धेरै पटक ओहोरदोहोर गरेको छु”, उनले बाल्यकालको अनुभव सुनाउँदै भने, “पाँच÷छ वर्षको उमेरमा मैले देखेको गणेश शिला अहिले धेरै ठूलो भएका अनुुभव छ ।”

अहिलेको व्यवस्थित मन्दिर बनाउने क्रममा उक्त शिलाको केही भाग ढलानबाटसमेत पुरिएको जानकारी दिँदै उनले ढलानमाथि करिब एक हात लम्बाइमा शिला रहेको बताए ।

बडहरेबाट बढ्दो बसाइँसराइका कारण रहस्यात्मक यस तीर्थस्थलको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै पण्डितले यो तीर्थस्थल प्रवद्र्धनको पर्खाइमा रहेको बताए । यस मन्दिर परिसरमा २०१८ सालमा धनधान्याञ्चल पर्व गरिएको उनले उल्लेख गरे ।

पछिल्लो पुस्ताका मानिसले पनि उक्त शिला बढिइरहेको अनुभव गरिरहेको बताउँछन् । शिलाको आकार बढ्दै गएको प्रत्यक्ष अनुभव गरेको विनिता पण्डित घिमिरेले बताए । आँफूले बाल्यकालमा सानो आकारमा देखेको शिला मूर्ति अहिले धेरै ठूलो भइसकेको उहाँको अनुभव छ । उनले भने, “हामीले यस शिलालाई प्रत्यक्ष भगवानका स्वरुपमा पूजाआजा गर्दै आएका छौंँ ।”

पहिला वरिपरि सामान्य ढुङ्गा लगाएर घेरिनुका साथै माथि ढुङ्गाले छाइएको यस मन्दिरलाई पछिल्ला १० वर्षयता व्यवस्थित गरिएको घिमिरेले जानकारी दिए । यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ बडहरे र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने गरेका उनले सुनाए ।

घिमिरेका अनुसार विशेष गरी हरितालीका तीज पछिको चौँथीका दिनमा गणेश भगवान्को जन्मदिनका रूपमा मानिएको गणेश चतुर्थीमा यहाँ धुमधामसँग पूजाआजा हुने गरेको छ । उनले राजमार्गबाट नजिकै रहेर पनि यो तीर्थस्थल प्रचारप्रसारको अभाव हुँदा ओझेलमा परिरहेको बताए ।

पृथ्वीराजमार्गअन्तर्गत गगनगौंँडा क्षेत्रबाट सवारीसाधनमा करिब २५ मिनेटको यात्रा गरेपछि यो मन्दिर पुग्न सकिन्छ । गगनगौँडाबाट राजाको चौतारा पुगी त्यहाँबाट तालखोलाको पुल तरेपछि मणि हुँदै बडहरेको सिद्धि गणेश मन्दिर पुग्न सकिने स्थानीय घिमिरेले जानकारी दिए । करिब तीन दशक अघिसम्म बाक्लो बस्ती रहेको बडहरेमा त्यसयता भने बढ्दो बसाइँसराइले बस्ती शून्य हुँदै गएको उनले बताए ।

उत्तरतर्फ सुन्दर हिमालको दृश्यसँगै अगाडि देखिने मनोरम तालतलैया एवं पोखरा उपत्यका अवलोकन गर्न सकिने यो ठाउँ बढ्दो बसाइँसराइले प्रत्यक्ष प्रभावित बनेको उनले बताए । बाटो, यातायातलगायत सुविधा गाउँमा पुगिसकेका अवस्थामा यहाँको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

 

वि.सं.२०८१ माघ २० आइतवार १६:४४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...