back
CTIZAN AD

सिमकोट बजार अनुगमनः म्याद गुज्रेका सामग्री बरामद

वि.सं.२०८१ माघ २९ मंगलवार

702 

shares

सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोट बजार सोमबार अनुगमन गरिएको छ । यहाँ सञ्चालित मासु, दैनिक उपभोग्य खुद्रालगायत सामग्रीको अनुगमन गरी म्याद गुज्रेका सामग्री बरामद गरिएको हो ।

बजार अनुगमनका क्रममा विभिन्न पसलबाट रु १५ हजार मूल्य बराबरको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्टले जानकारी दिए । सडेका मासु, दैनिक उपभोग सामग्रीमा सीमा नाघेका वस्तु, पेयपदार्थ र पत्रुखाना बरामद गरी नष्ट गरिएको उहाँले बताए  ।

सदरमुकाम क्षेत्रका ११ वटा पसलमा अनुमगन गर्दा उपभोक्तालाई सामान बिक्रीको बिल नदिने गरेको पाइएकाले सचेत गराइएको विष्टको भनाइ छ । जिल्लाभरका स्थानीय व्यापारीले सामग्री बिक्री गरिसकेपछि उपभोक्तालाई अनिवार्य बिल दिने व्यवस्था गर्नुपर्नेमा सचेत बनाए उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिइएको उनले उल्लेख गरे ।

“तरकारी, मासु, मदिरा, चुरोट, भाँडादेखि लत्ताकपडा सबै एउटै पसलबाट बिक्री गर्दै आएका पायौँ । उपभोक्ताले स्वस्थ खानेकुरा उपभोग गर्न पाउने अधिकार भए पनि यहाँका कतिपय व्ययसायीले नियमविपरीत व्यापार गरिरहेका छन”, उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख विष्टले भन्नुभयो, “अधिकांश व्यवसायीले मूल्यसूची नटाँसिएको, लेखापरीक्षण नगरेको, करचुक्ता नभएको, पुँजी कम देखाएर कारोबार गरेको पाइयो । सबैलाई नियमानुसार व्यवसाय सञ्चालनक लागि निर्देशन दिएका छौँ । निर्देशन कार्यान्वयन भए÷नभएको बारे आगामी दिनमा पुनः अनुगमन गरी कडाइ गर्नेछौँ ।”

अनुगमनमा जिल्ला प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थित थियो ।

 

वि.सं.२०८१ माघ २९ मंगलवार ०९:३५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...