नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) देवचुली नगर समितिको अध्यक्षमा सत्यनारायण भुसाल सर्वसम्मत निर्वाचित भएका छन् ।दलदलेस्थित साहारा पार्टी प्यालेसमा भएको दोस्रो अधिवेशनले भुसाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले भुसालको नेतृत्वमा ४५ सदस्यीय नयाँ नगर समिति गठन गरेको छ । समितिको महिला उपाध्यक्ष गोमा दवाडी, सचिवमा नारायण भण्डारी, सहसचिवमा होम राज बिक, कोषाध्यक्षमा गणेश बिकसहित बाँकी सदस्यमा निर्वाचित भएका छन् ।
दुई जना उपाध्यक्ष पछि थप गर्ने निर्णय भएको छ । अध्यक्षमा निर्वाचित भएपश्चात भुसालले देवचुली नगरको समग्र विकासमा आफू प्रतिबद्ध रहने बताए । उनले स्थानीय जनताको हक, अधिकार, विकास निर्माण, सामाजिक न्याय र समृद्धिको पक्षमा सशक्त रूपमा लाग्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (केन्द्र)का प्रदेश सह ईन्चार्ज हरि अधिकारी कुमार केन्द्रीय सदस्य किसन शर्मा गैरे, नवलपुर जिल्ला ईन्जार्ज तथा केन्द्रीय सदस्य धन प्रसाद सापकोटा केन्द्रीय सदस्य बालकृष्ण रानाभाट, शुस्मा खनाल, अनिल बिक, केन्द्रीय लेखा आयोगका सदस्य लोक प्रसाद भुर्तेल ‘भिषण’, केन्द्रीय सल्लाकार ठाकुर चापागाई, पेउप्रसाद न्यौपाने, प्रदेश उपाध्यक्ष मित्रशरण शर्मा, प्रदेश सभा सदस्य दमयन्ती रूचाल, जिल्ला अध्यक्ष कृण्ण शर्मा, सचिब तारा भुसाल, प्रदेश सदस्य सुर्य न्यौपाने तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।
अधिबेशनमा पाटीलाई महत्त्वपूर्ण योगदान पुर्याउने सहिद परिवार, घाईते अपांग तथा पाटीमा योगदान दिने वरिष्ठ तथा सक्रिय सदस्यहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
वि.सं.२०८१ माघ २९ मंगलवार १२:३१ मा प्रकाशित






























